दुईतर्फी हवाई टिकटसहित पोखराको ल्याण्डमार्क होटेलमा ‘कपल रिट्रिट प्याकेज’

लोकपथ
1.6k
Shares

काठमाडौं । यति एयरलाइन्ससँगको सहकार्यमा पोखराको ल्याण्डमार्क होटेलले कपल रिट्रिट प्याकेज सार्वजनिक गरेको छ । प्रेमी प्रेमिकालाई रिट्रिटका लागि भन्दै एक रात दुई दिनको प्याकेज सार्वजनिक गरिएको हो ।

पोखराको फेवाताल सँगैको लेकसाइडमा रहेको चार तारे होटेल ल्याण्डमार्कले प्रेमिल जोडीका लागि भन्दै कपल रिट्रिट प्याकेज सार्वजनिक गरेको हो । मात्रै १८ हजार ५५५ रुपैयाँमा काठमाडौं वा अन्य गन्तव्यबाट हवाई यात्रा गरी जाने तथा आउने त्यहाँ एक रात बस्ने गरी प्याकेज सार्वजनिक गरिएको हो ।

आन्तरिक पर्यटनलाई थप प्रोत्साहन गर्न र प्रेमी प्रेमिकाले शान्त र सुन्दर थलोमा समय बिताउन पाउन् भनेर हवाई टिकटसहित आकर्षक प्याकेज ल्याइएको ल्याण्डमार्क ग्रुपले जनाएको छ ।

कपल रिट्रिट प्याकेज नाम दिइएको उक्त प्याकेजमा काठमाडौं वा अन्य गन्तव्यबाट पोखरा जाने हवाई टिकट, एयरपोर्टबाट पिकअप तथा ड्रप, होटेलमा डिलक्स रुम, वेलकम ड्रिंक्स तथा बिहानको ब्रेकफास्टसमेत उपलब्ध हुने होटेलले जनाएको छ ।

प्याकेजमा के के समावेश छ ?

यति एयरलाइन्ससँगको सहकार्यमा तयार पारिएको यो प्याकेजमा दुईतर्फी हवाई टिकटसमेत उपलब्ध गराइएको छ । सामान्य अवस्थामा काठमाडौं–पोखरा–काठमाडौंको दुईतर्फी भाडा मात्रै एक जनाको ८ हजार ४ सय रुपैयाँ पर्ने गर्छ । किनभने अहिले काठमाडौंदेखि पोखराको एकतर्फी हवाई भाडा मात्रै ४ हजार २ सय रुपैयाँ रहेको छ ।

एक जनाको दुईतर्फी भाडा मात्रै ८ हजार ४ सय हुँदा कपल अर्थात् जोडीको दुईतर्फी हवाई भाडा मात्रै सामान्य अवस्थामा १६ हजार ८ सय रुपैयाँ पुग्छ ।

यता ल्याण्डमार्क होटेलले एयरपोर्ट पिकअप तथा ड्रपसहित डिलक्स रुमको मूल्य नै भ्याटसहित १३ हजार रुपैयाँ रहेको छ । त्यसबाहेक होटेलले वेलकम ड्रिंक्ससमेत उपलब्ध गराउने जनाएको छ ।

सामान्य अवस्थामा एक जोडी काठमाडौंबाट हवाई यात्रा गरी पोखरा गएर एक रात बसी काठमाडौं फर्कँदा औसतमा ३१ हजार रुपैयाँ लाग्नेमा ल्याण्डमार्क होटेल र यति एयरबिच सम्झौता भई केवल १८ हजार ५५५ रुपैयाँमै ब्रेकफास्टसहित एक रातको बास, एयरपोर्टबाट पिकअप तथा ड्रप, वेलकम ड्रिंक्स आदि समेत उपलब्ध गराउन लागिएको हो ।

ल्याण्डमार्क होटेलका प्रमुख सञ्चालन अधिकृत बोधराज लम्सालले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुराउन यति एयर र होटेलले सहकार्य गरी सस्तो मूल्यमै आकर्षक प्याकेज तयार पारिएको बताए ।

शुक्रबार गएर शनिवार साँझ फर्कन सकिनेछ

यति एयर र ल्याण्डमार्क होटेलबिच भएको सम्झौता अनुसार अब जोडीहरू शुक्रबार अपराह्नसम्म काम गरेर पोखरा गई रात बसेर शनिवार दिनभर घुमेर साँझ काठमाडौं फर्कन सक्ने भएका छन् । केवल १८ हजार ५५५ रुपैयाँमै बिदाको सदुपयोग गर्दै शान्त वातावरणमा आकर्षक सेवा र सुविधाको उपभोग गर्न पाउने होटेलले दाबी गरेको छ । कपल रिट्रिट प्याकेजले काठमाडौंको भिडभाड र तनावलाई कम्तीमा दुई दिनका लागि भए पनि छुटकारा दिने र एक–अर्कासँग समय बिताउन उल्लेख्य समय हुने दाबी होटेलले गरेको छ ।

हिमाल, ताल अनि प्यारको सङ्गम

होटेल ल्याण्डमार्क र यति एयरबिच भएको यो सम्झौता हिमाल, ताल र प्यारको सङ्गम भएको ल्याण्डमार्क होटेलले दाबी गरेको छ । यो प्याकेज उपभोग गर्ने जोडीले फेवा तालको किनारमा समय बिताउने, पोखराको सांस्कृतिक सौन्दर्य र अन्नपूर्ण हिमालको मनमोहक दृश्यको आनन्द लिन पाउनेछन् ।

अफर भदौ १५ गतेसम्मका लागि मात्रै

होटेल ल्याण्डमार्क र यति एयरको सहकार्यमा आएको यो प्याकेज भने आगामी भदौ १५ अर्थात् अगस्ट महिनाको अन्त्यसम्मका लागि मात्रै कायम हुने होटेलले जनाएको छ ।

ल्यान्डमार्क : विश्वासको नाम

ल्याण्डमार्क पोखरा केवल एक चार तारे होटेल मात्रै नभएर, नेपालको सांस्कृतिक धरोहर संरक्षणको उदाहरणीय परियोजना समेत रहेको होटेलले दाबी गरेको छ । यहाँको वास्तुकला, शान्त वातावरण र ९५ कोठाहरूको सुविधाले पाहुनालाई सम्पूर्णता दिने होटेलले दाबी गरेको छ ।

चितवनको बाघमारास्थित ल्याण्डमार्क रिसोर्ट ।

ल्याण्डमार्क होटेल्स एन्ड रिसोर्ट नेपालको अग्रणी आतिथ्य समूह हो, जसले काठमाडौं, पोखरा, चितवनको बागमारा तथा भरतपुर, तनहुँको देवघाट र भैरहवामा आफ्ना ६ ओटा होटेलहरू सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?