काठमाडौं । दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो २०२५’ को आयोजना गर्दैछ ।
नाडाले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी भदौ ३ गते ८ सम्म काठमाडौंको भृकुटीमण्डपमा अटो शो गर्न लागेको जानकारी दिएको हो ।
त्यस्तै नाडाले यसअघिका वर्षमा भन्दा यस वर्षको अटो शो थप व्यापक बनाउन लागेको दाबी गरेको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने उक्त अटो शो प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ ।
‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने नाडा अटो शो पहिले वर्ष भन्दा केही भिन्न र प्रविधिमा आधारित मोबिलिटी समाधान, दिगो यातायात र अटो उद्योगको भविष्यतर्फको दिशालाई प्रतिनिधित्व गर्ने नाडाले जनाएको छ ।
यस पटकको अटो शोमा केवल सवारीसाधनको प्रदर्शनी मात्र नभएर नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको नवप्रवर्तनको थलो पनि बन्ने विश्वास लिएको नाडाले जनाएको छ । साथै यस शोमा विशेष आकर्षणको रूपमा स्वचालन र बृद्धिमत्ताको नयाँ युगको प्रतीकरुवरुप उन्नत चारंपग्रे रोबोट UNITREE र भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो हवाई ट्याक्सीको उडान तथा अवतरणको झलक Deepal eVTOL UAV सार्वजनिक गरिने नाडाले जनाएको छ ।
यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, र ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) अटो शोमा सहभागी हुने छन् । १२५ भन्दा बढी प्रदर्शकहरू रहने शोमा ११ लाखभन्दा बढी आगन्तुकको अपेक्षा नाडाले गरेको छ । ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडाले उल्लेख गरेको छ ।
शो अवधिभर चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवाको लागि सवारीसाधनको वर्गीकरण अनुसार छुट्टाछुट्टै जोन बनाइनेछ । दर्शकहरूको सहुलियतका लागि खल्ती एपमार्फत टिकट खरिद गर्न सकिनेछ। मिडिया, ट्राफिक सूचना, स्वास्थ्य सेवा, सुरक्षा निगरानी, र आगो नियन्त्रणको लागि छुट्टै व्यवस्था गरिएको छ।
अटो प्रेमीहरूका लागि ऐतिहासिक सवारी साधनहरूको विन्टेज मोटर शो पनि हुनेछ । प्रदर्शनीमा Morris Minor, Fiat, Peugeot, Beetle, Mini Cooper, Mercedes Benz, Toyota Corolla, VW Bus लगायतका सवारीहरू प्रस्तुत गरिनेछन्।
Made in Nepal Pavilion मार्फत स्वदेशमै निर्मित सवारी र पार्ट्सको प्रदर्शन गरिनेछ। साथै, International Business Pavilion बाट अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने थलोको रुपमा रहने छ । सेमिनार, कार्यशाला, अन्तरक्रिया पनि रहने छ । एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा (Nepal Lube Oil Ltd. द्वारा प्रायोजित) दैनिक भाग्यशाली विजेता घोषणा पनि हुने नाडाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया