होटेल बाराही ग्रुपमा छुटै छुटको अफर, यति एयरसँग सहकार्य

लोकपथ
455
Shares

काठमाडौं । पर्यटकीय नगरी पोखरामा होटेल बाराही ग्रुपले आकर्षक छुटको प्याकेज सार्वजनिक गरेको छ । यति एयरसँगको सहकार्यमा होटेलले एकतर्फी हवाई टिकटसहितको आकर्षक प्याकेज सार्वजनिक गरेको हो ।

पोखराको बसाई सहज बनाउन र तनावरहित यात्रा गराउन काठमाडौं वा अन्य गन्तव्यबाट पोखरा ल्याउने हवाई टिकटसहित होटेल बाराही ग्रुपले प्याकेज सार्वजनिक गरेको हो । प्याकेजमा विभिन्न गन्तव्यबाट पोखरा पुग्ने र बस्नेसम्मको सुविधा उपलब्ध छन् । बाराही हस्पिटालिटीको स्वामित्व वा निगरानीमा सञ्चालित होटेल बाराही पोखरा, सराङकोट माउन्टेन लज र होटेल आवासमा यी प्याकेज उपलब्ध गराइएको हो । प्याकेज न्यूनतम ११ हजार रुपैयाँदेखि अधिकतम २१ हजार ५ सय रुपैयाँसम्मको उपलब्ध छ ।

यति एयरसँगको सहकार्यमा उपलब्ध गराइएको प्याकेजमा तीन फरक होटेलमा फरक फरक मूल्यमा सुविधा उपलब्ध हुनेछन् । जहाँ दुई जना अर्थात् कपलले एकतर्फी हवाई टिकट, ब्रेकफास्टसहितको डिलक्स रुम, एयरपोर्टसम्मको ड्रप लगायतका सुविधा पाउनेछन् । मुख्यतः यो प्याकेज जोडीका लागि बनाइएको बाराही हस्पिटालिटीले जनाएको छ ।

कुन होटेलमा के के सुविधा ? कति मूल्य ?

१. होटेल बाराही, पोखरा

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको होटेल बाराही यात्रुहरूको रोजाइमा पर्ने पुरानो र विश्वसनीय होटेलमध्ये एक हो । फेवातालको नजिकै रहेको आकर्षक सजावट र बत्तीले सुन्दर देखिने उक्त होटेलमा एक जोडीले एक रात दुई दिनको प्याकेज पाउनेछन् । दुई जनालाई एकतर्फी हवाई टिकट, ब्रेकफास्टसहितको डिलक्स रुम, एयरपोर्टसम्म ड्रपको व्यवस्था, भ्याट लगायतका सबै शुल्क समावेश गरी एक जोडीलाई १५ हजार रुपैयाँमै सेवा उपलब्ध गराइएको छ ।

२. सराङकोट माउन्टेन लज

साँझ बिहानको सुनौलो घामले छोपिएको अन्नपूर्ण हिमशृङ्खला नजिकको अनुभव लिन चाहनेहरूका लागि ‘सराङकोट माउन्टेन लज’ पोखरा क्षेत्रको अर्को आकर्षक गन्तव्य हो । यस लजबाट पूर्वतर्फ सूर्योदय र उत्तरतर्फ हिमशृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

काठमाडौं वा अन्य गन्तव्यबाट एक जोडी अर्थात् दुई जनाको एकतर्फी हवाई टिकट, सराङकोट माउन्टेन लजमा ब्रेकफास्टसहित एक रातको बास तथा एयरपोर्टसम्म ड्रपको सुविधा उपलब्ध हुने बाराही हस्पिटालिटीले जनाएको छ । सबै शुल्क जोडेर यो प्याकेज २१ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइएको र यी सेवाका लागि थप शुल्क नलाग्ने बाराही ग्रुपले जनाएको छ ।

३. आवास होटेल, पोखरा
बाराही ग्रुपकै स्वामित्वमा पोखरामै रहेको आवास होटेलमा समेत आकर्षक प्याकेज उपलब्ध गराइएको छ । केवल ११ हजार रुपैयाँमै दुई जनाको लागि पोखरा जान यति एयरको एकतर्फी टिकट, ब्रेकफास्टसहितको डिलक्स रुम र एयरपोर्टसम्म ड्रपको व्यवस्था गरिएको छ ।

आकर्षक तर केही सुलभ विकल्प खोज्ने पर्यटकका लागि होटेल आवास उत्तम विकल्प रहेको बाराही ग्रुपले जनाएको छ । लेकसाइड क्षेत्रमै रहेको यो होटेलले स्टाइलिस डिजाइनसहितको आरामदायी बासको व्यवस्था गर्ने बाराही हस्पिटालिटीले दाबी गरेको छ ।

आन्तरिक पर्यटकलाई पोखरामा आकर्षित गर्न र केही सुस्ताएको आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न यति एयरसँगको सहकार्यमा आकर्षक प्याकेज ल्याइएको बाराही हस्पिटालिटीले जनाएको छ । यो छुटसहितको विशेष अफर भने सेप्टेम्बर १५ अर्थात् भदौ महिनाको अन्तिमसम्मका लागि मात्रै कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?