काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्यांक ब्युरो (Bureau of Labor Statistics) की आयुक्त एरिका म्याकएन्टार्फरलाई पदबाट बर्खास्त गरेका छन् ।
ट्रम्पले म्याकएन्टार्फरमाथि राजनीतिक उद्देश्यका लागि रोजगारीसम्बन्धी तथ्यांक हेरफेर गरेको आरोप लगाएका छन् ।
बर्खास्तीको घोषणा श्रम तथ्यांक ब्युरोले जुलाई महिनाको रोजगार प्रतिवेदन सार्वजनिक गरेको केही घण्टापछि आएको हो ।
प्रतिवेदनअनुसार जुलाई महिनामा अमेरिकी अर्थतन्त्रमा जम्मा ७३ हजार गैर–कृषि रोजगारी थपिएका थिए, जुन आर्थिक विश्लेषकहरूको पूर्वानुमानभन्दा निकै कम हो ।
उक्त रिपोर्टमा मे र जुन महिनाको तथ्यांक पनि संशोधित गरिएको छ, जसअनुसार यी दुई महिनामा झण्डै २ लाख ५० हजार रोजगारी घटाइएको देखिएको थियो ।
ट्रम्पले यस तथ्यांकलाई पूर्वनियोजित आर्थिक हेरफेर को संज्ञा दिँदै तथ्यांक सार्वजनिक गर्ने निकायको नेतृत्वमै प्रश्न उठाएका छन् ।
एरिका म्याकएन्टार्फर सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडेनद्वारा श्रम तथ्यांक ब्युरोको प्रमुख पदमा नियुक्त भएकी थिइन् ।
यस घटनाले अमेरिकी रोजगार तथ्यांकको निष्पक्षता र विश्वसनीयतामाथि समेत बहसको सुरुवात गराएको छ ।
ट्रम्प समर्थकहरूले म्याकएन्टार्फरको बर्खास्तीलाई सही कदम भनेका छन् भने उनका आलोचकहरूले यसलाई सरकारी तथ्यांक संस्थाहरूमा राजनीतिक हस्तक्षेपको रूपमा लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया