एमजीले बजारमा ल्यायो ‘आईएम ६’ ईभी, के-के छन् विशेषताहरु ?

लोकपथ
385
Shares

काठमाडौं । मोरिस गराजेज (एमजी) का नेपालका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले एमजी आईएम ६ नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी सार्वजनिक गरेको छ ।

प्यारामाउन्ट मोटर्सले बिहीबार काठमाडौंमा एक कार्यक्रममा आयोजना गर्दै ‘एमजी आईएम ६’ सार्वजनिक गरेको हो ।

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले ‘एमजी आईएम ६’ले एआई इन्टेलिजेन्स सञ्चालित इभीको नयाँ युगको संकेत गर्ने बताए । उनले अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ ‘एमजी आईएम ६’ले नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको बताए ।

महाप्रबन्धक क्षेत्रीका अनुसार ‘एमजी आईएम ६’ सम्पूर्ण अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध भएका छन् । लक्जरी, नवप्रवर्तन, र लामो रेञ्जको क्षमताको समिश्रणका साथ, आईएम ६ ले एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रूपमा उभिएको छ ।

उक्त समारोहमा बोल्दै पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, ‘हामी नेपालमा एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेका छौँ । यो गाडी एसएआईसी को इन्टेलिजेन्स इन मोसन को विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ । उत्कृष्ट रेन्ज, एआई असिस्टेन्ट र लक्जरी क्याबिन अनुभवसहित यो केवल ईभी मात्र नभएर नेपालको लागि स्मार्ट ड्राइभिङको भविष्य हो ।’

‘एमजी आईएम ६’ का मुख्य विशेषता अन्तर्गत चार वटा मुख्य नवप्रवर्तनद्वारा सञ्चालित प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । आईएम डिजिटल च्यासिस, फ्युचररिस्टिक एआई क्याबिन, एड्भान्स इलेक्ट्रिफिकेसन र अल्टिमेट सेफ्टी यसका विशेषताहरू रहेका छन् ।

यस ‘एमजी आईएम ६’ मा वान टच सुविधा समेत रहेका छन् । ‘एमजी आईएम ६’ले एक टच सुविधाको साथ दैनिक ड्राइभिङमा विशेषस्तरको सहजता ल्याउने प्यारामाउन्ट मोटर्सले जनाएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार यस ‘एमजी आईएम ६’ मा क्यामेराको प्रयोग गरेर एक ट्यापमै आफैलाई पार्क गर्दछ । साँघुरो ठाउँहरूमा स्वचालितरुपमा र सुरक्षित तरिकाले बाहिर निस्किन्छ । यसका साथै फूल क्यामेरा सपोर्टको साथ पहिलेको बाटोमा फिर्ता जान मद्दत गर्छ । टाइट कर्बसाइड स्पटहरुमा सहजै स्लाइड गर्ने कम्पनीले जानकारी दिएको छ ।

‘एमजी आईएम ६’ ले गाडी बाहिरबाटै आईस्मार्ट एपले जुनसुकै बेला जहाँसुकै पनि कन्टेक्टेड राख्छ । अडाप्टिड क्रुज, कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन चेंज असिस्ट, लेन डिपार्चर वार्निङ लगायत यस ‘एमजी आईएम ६’ मा स्मार्ट सुरक्षा फिचरहरू रहेका छन् ।

‘एमजी आईएम ६’ विभिन्न ६ कलरमा उपलब्ध छन् । सम्पूर्ण अधिकृत एमजी शोरूमहरूमा बुकिङ खुल्ला भइसकेको छ । केहि दिनपछि काठमाडौंमा आयोजना गर्न लागिएको नाइमा मोबिलिटी एक्स्पोमा पनि यो गाडी राखिने भएको छ । ‘एमजी आईएम ६’को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?