हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड मच्चियो, एक बालकसहित कम्तीमा ६ जनाको मृत्यु 

लोकपथ
784
Shares

काठमाडौं । उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा भागदौड मच्चिँदा एक बालकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । 

मन्दिरमा ठुलो भीड जम्मा भएका बेला अकस्मात् भागदौड हुँदा ६ जनाको मृत्यु भएको जनाइएको छ ।

आइतबार भएका कारण मन्दिर परिसर श्रद्धालुको भीड थियो । घटना मनसादेवी मन्दिरभन्दा एक सय मिटर अगाडिको सिँढीमा भएको हो ।

घटनाको वास्तविक कारण खुल्न नसके पनि भीडमा बिजुलीको तार चुँडिएर करेन्ट फैलिएको अफवाहका कारण भागदौड मच्चिएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?