काठमाडौं । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा रहेको एक खानी प्लान्टमा अध्ययन भ्रमणका क्रममा भएको दुर्घटनामा परी ६ जना विश्वविद्यालयका विद्यार्थीको ज्यान गएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार चाइना नेशनल गोल्ड ग्रुप कम्पनी लिमिटेड अन्तर्गतको खानी कम्पनीद्वारा सञ्चालित तामा–मोलिब्डेनम अयस्क ड्रेसिङ प्लान्टमा उक्त घटना भएको हो ।
हुलुनबुइर क्षेत्रमा अवस्थित उक्त प्लान्टमा अध्ययन अवलोकनका लागि गएका उत्तरपूर्वी विश्वविद्यालयका विद्यार्थीहरू फ्लोटेशन प्रक्रियाको निरीक्षण गरिरहेका बेला ग्रिड प्लेट भत्किएर उनीहरू फ्लोटेशन सेलमा खसेका थिए ।
नगरपालिका आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार, घटनापछि उद्धार गरिएकाहरूमध्ये ६ जनालाई अस्पताल लगिएको थियो । तर चिकित्सकहरूले सबैलाई मृत घोषित गरेका छन् । घटनामा एक जना शिक्षक पनि घाइते भएका छन् ।
उक्त घटनापछि प्लान्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ र स्थानीय अधिकारीहरूले थप अनुसन्धान अघि बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया