काठमाडौं । गत जुन १२ मा भारतको अहमदाबादमा भएको एयर इण्डियाको विमान दुर्घटनापछि त्यससँग सम्बन्धित विभिन्न नयाँ तथ्यहरु बाहिरिरहेका छन् ।
अहमदाबादको सरदार बल्लबभाइ पटेल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै उक्त विमान दुर्घटनाग्रस्त हुन पुगेको थियो । इण्डियाबाट बेलायतका लागि उडेको उक्त विमानमा सवार २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको थियो ।
उक्त भयानक विमान दुर्घटनापछि एयर इण्डियामा कार्यरत ११२ जना पाइलटहरुले एकैपटक छुट्टी लिएका थिए । उनीहरुले आफूहरु बिरामी परेको भन्दै ‘सिक लिभ’ लिएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।
भारतीय नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलले संसदमा उक्त विषय जानकारी गराएका थिए । उनका अनुसार एयर इण्डियाको एआई–१७१ विमान दुर्घटनापछि पाइलटहरुले बिरामी बिदा (सिक लिभ) लिने क्रम बढेको थियो ।
विमान दुर्घटनाको ४ दिनपछि अर्थात् जुन १६ मा ११२ जना पाइलटले बिरामी बिदा लिने सूचना दिएका थिए, जसमा ५१ जना कमाण्डर रहेको र अन्य बाँकी ६१ जना फस्र्ट अफिसर रहेका थिए ।
त्यसो त उक्त विमान दुर्घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले मेडिकल सर्कुलर जारी गर्दै सबै पाइलट र एयर ट्राफिक कन्ट्रोलर्सको मानसिक स्वास्थ्यको आँकलन समेत गरेको थियो । साथै त्यसमा मानसिक स्वास्थ्यमा पर्न सक्ने असरलाई ख्याल गर्दै ट्रेनिङको समेत सुरुवात गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया