चीनले तिब्बतमा बनाउँदै विश्वकै ठूलो जलविद्युत आयोजना

लोकपथ
532
Shares

एजेन्सी । चीनले तिब्बती क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण सुरु गरेको छ । चिनियाँ प्रधानमन्त्री ली छियाङको उपस्थितिमा शनिबार यार्लुङ साङपो नदीमा ‘मोटुओ जलविद्युत आयोजना’ को शिलान्यास भएको हो ।

यो जलविद्युत आयोजना छिमेकी मुलुक भारत र बंगलादेशमा रणनीतिक र पर्यावरणीयको विषय बनेको छ ।

करिब १.२ ट्रिलियन युआन (१६७ अर्ब अमेरिकी डलर) लागतको यस परियोजनालाई चीनले स्थानीय समृद्धि र पारिस्थितिक संरक्षणको प्राथमिकतामा राखेको दाबी गरेको छ।

यो जलविद्युत आयोजना पूरा भएपछि हाल विश्वकै सबैभन्दा ठूलो थ्री गर्जेज बाँधभन्दा तीन गुणा बढी ऊर्जा उत्पादन हुने बताइएको छ ।

यार्लुङ साङपो नदी तिब्बती भू-भागबाट बग्दै भारतको अरुणाचल प्रदेश र असम हुँदै बंगलादेश प्रवेश गरी ब्रह्मपुत्र र जमुना नदीमा मिसिन्छ । यही कारणले यो परियोजनाको सम्भावित असर छिमेकी देशहरूमा व्यापक बहसको विषय बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?