एक साताको अन्तरालमा दुई ठूला अटो शो हुँदै, के छ नाडा र नाइमाको तयारी ?

लोकपथ
42
Shares

काठमाडौं । नेपालको ईतिहासमै पहिलोपटक दुई ठूला ‘अटो शो’ हुँदैछन्, त्यो पनि लगभग हप्तादिनको फरकमा ।

नेपालमा लामो समयदेखि देशकै ठूलो अनि प्रतिष्ठित अटो व्यापार मेला (नाडा अटो शो ) आयोजना गर्र्दै आएको थियो नाडाले । यो वर्षबाट भने नाडाको जस्तै ‘नाइमा’ ले पनि अटो शो गर्न लागेको हो ।

नाइमाले आगामी साउन २१ देखी २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आफ्नो पहिलो मोविलिटी एक्सपो गर्न लागेको हो । उक्त ‘अटो शो’ लाई नाइमाले मोविलिटी एक्पोको ट्याग दिएको छ ।

एकातिर नाइमाको मोविलिटी एक्स्पोमा हालसम्म ५० को हाराहारीमा विभिन्न ब्राण्डका स्टलहरु बुकिङ भैसकेको नाइमाले सार्वजनिक गरेको छ । जसमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कर्मसियल भेहिकलहरु सहभागी छन् ।

त्यस्तै अर्कोतिर आगामी भदौ ३ देखी ८ गतेसम्म भृकुटीमण्डपमै नाडाले आफ्नो १७आँै ‘अटो शो’ पनि गर्दैछ । अहिलेसम्म ७५ वटा स्टल बुकिङ भैसकेको नाडाले जनाएको छ । जसमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि लाईट कर्मसियल भेहिकल र अटो कम्पोनेन्टहरु रहेका छन् ।

९ दिनको फरकमा हुन गैरहेको यी दुई ‘अटो शो’ मा ब्राण्डहरुको सहभागिता उल्लेख्य हुने देखिएको छ । यसले दुई छाता संगठन बिच व्यवसायिक प्रतिष्पर्धा बढ्ने पक्का छ । सहभागि केही ब्राण्डले भने दुवै ‘अटो शो’ मा भाग लिने तयारी गरेका छन् ।

नाडा अटो शोमा चार पांग्रे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा, लाइट कर्मर्शियल भेहिकलको १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटा स्टल रहने नाडाले जनाएको छ । अर्कोतर्फ, पहिलो अटो शो गर्न लागेको नाइमा मोबिलिटी एक्स्पोमा भने ४८ वटा स्टल रहनेछन् । जसमा २३ वटा चारपांग्रे्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने बताइएको छ ।

नाडा (नेपाल एशासिएशन अफ अटोमोबाइल) नेपालका अटो व्यवसायीहरुको छाता संगठन हो भने नाइमा (अटो मोबाइल इम्पोटर्स एण्ड म्यान्युफेक्चर्स)हरुको छाता संगठन हो ।
दुवै अटो शोमा व्यवसायीहरुको उत्सुकता देख्दा के प्रष्ट हुन्छ भने नेपालमा अटो रिलेटेड ब्राण्डहरुको कमी छैन । तर यो सँगै प्रर्दशनी अवलोकन गर्नेहरुले कसरी लिनेछन् त्यो भने हेर्न बाँकी छ ।

गत वर्ष भदौ ११ देखी १६ गतेसम्म ६ दिन चलेको नाडा अटो शोमा ८२ हजार ४ सय ७० जनाले अवलोकन गरेका थिए । त्यो संख्या आयोजक नाडाले लिएको लक्ष्य भन्दा करिब १० प्रतिशतले बढी थियो ।

यी दुवै ‘अटो शो’ आयोजक संस्थालाई चुनौती त छ नै ।

अब यसलाई अवसरमा कसरी बदल्ने हुन त्यो चमत्कारको पाटो हुने देखिन्छ ।

नाडा जसरी पनि आफ्नो ५० वर्ष देखिको लिगेसी बचाउन चाहन्छ भने, नाइमालाई आफ्नो सुरुवातमै सफलता चाख्ने तयारीमा जुटेको छ । त्यसैले पनि दुवै ‘अटो शो’ को तयारी पहिले भन्दा अझ भव्य हुने अनुमान गर्न सकिन्छ । यसले पहिलाका ‘अटो शो’ को तुलनामा यसपाली अवलोकनकर्ताले केही फरक अनुभुती गर्न पाउने संभावना प्रबल छ ।

गत वैशाख ३ गते काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै गर्दै नाईमाले औपचारिक रुपमा स्थापनाको घोषणा गरेको थियो ।

नेपालका केही अटोमोबाइल व्यवसायी मिलेर नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) सुरु गरेका हुन् ।

नाडामा आवद्ध अटो व्यवसायीहरुले असन्तुष्टि देखाउँदै नाइमा स्थापना गरेका हुन् । बजारमा दुई छाता संगठनबिच अस्वस्थ प्रतिष्पर्धा चल्ने र त्यसले अटो व्यवसायमा असर पुर्याउने हल्ला समेत चलिरहेको छ ।

तर यी हल्लालाई चिर्दै गत चैत्र २४ गते नाडाका अध्यक्ष करण चौधरी र नाइमाका अध्यक्ष रितुसिंह वैद्यले भेट गरी समन्वय, सहकार्य र सहअस्तित्वमा रहने समझदारी गरेका थिए ।

पहिलोपटक अटो शो गर्दै गरेको नाइमाले गाडी कम्पनीहरुलाई स्टल दर्ताका लागि २५ प्रतिशत छुट दिने बताएको छ ।

यता निरन्तर अटो शो गरेको नाडाले भने पुरानै शैलीमा यस वर्षको अटो शो गर्न लागेको जनाएको छ । तर बजारमा अर्को शो पनि हुन लागेकाले थप नयाँ केही गर्ने तयारीमा रहेको नाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?