काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा प्रवेश गर्दै १० अर्ब बराबरको प्रथम बीमा शुल्क आर्जन गरी नेपाली जीवन बीमा क्षेत्रमा ऐतिहासिक कीर्तिमान राखेको छ ।
कम्पनीका सीईओ प्रवीण रमण पराजुलीले यो उपलब्धिमा साथ दिने सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिँदै आगामी दिनमा प्रविधिमैत्री सेवा, इनोभेटिभ प्रोडक्ट र लगानी विविधिकरणमार्फत बीमा क्षेत्रमा थप योगदान दिने प्रतिबद्धता जनाए ।
कम्पनीले बीमित, अभिकर्ता र कर्मचारीहरूको क्षमताविकासमा तालिम कार्यक्रममार्फत ध्यान केन्द्रित गर्दै विश्वस्तरीय सेवा दिने लक्ष्य लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया