काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदमाथि कारबाही गरेको छ ।
दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयकी क्षेत्रीय निर्देशक साइमा वाजेदलाई डब्ल्यूएचओले अनिश्चितकालका लागि बिदामा पठाइएको हो । हेल्थ पोलिसी वाचको रिपोर्ट अनुसार, यो निर्णय शुक्रबारदेखि लागु गरिएको हो ।
यो कदम बंगलादेशको भ्रष्टाचार नियन्त्रण आयोगले साइमा वाजेदविरुद्ध ठगी, कागजपत्र किर्ते र अधिकारको दुरुपयोग सम्बन्धी दुई वटा मुद्दा दर्ता गरेको चार महिनापछि लिइएको हो ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले एक संक्षिप्त आन्तरिक इमेलमार्फत साइमा वाजेद शुक्रबारदेखि बिदामा रहने जानकारी दिएका छन् । साथै डब्ल्यूएचओकी सहायक महानिर्देशक डा. क्याथारिना बोहेमे कार्यवाहक प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
साइमा वाजेदमाथि लागेको आरोप उनी क्षेत्रीय निर्देशकको पदमा नियुक्त हुन गरेको प्रयाससँग सम्बन्धित छन् ।
उनी सन् २०२४ को जनवरीमा पदमा नियुक्त भएकी थिइन् । तर उनको उम्मेदवारी सुरुबाटै विवादमा थियो । आरोप अनुसार, उनकी आमा शेख हसीनाले छोरीको जित सुनिश्चित गर्न आफ्ना राजनीतिक पहुँचको दुरुपयोग गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया