काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमणमा जाने भएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले चीन सरकारबाट औपचारिक निम्तो प्राप्त भएको जानकारी दिँदै राष्ट्रपति ट्रम्प स्वयं भ्रमणका लागि इच्छुक रहेको बताएका हुन् ।
पत्रकारहरूसँगको कुराकानीमा रुबिओले भने, ‘यो भ्रमण उहाँ (ट्रम्प) आफैँ गर्न चाहनुहुन्छ, त्यसैले हामी उपयुक्त मिति तय गर्न काम गरिरहेका छौँ । मलाई पक्का छ कि यो भ्रमण हुनेछ, किनभने दुबै राष्ट्रपतिहरू यसमा इच्छुक छन् ।’
आसियान भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटपछि रुबिओलाई ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको सम्भावित भेटबारे सोधिएको थियो । जवाफमा उनले दुई मुलुकबिचको सम्बन्ध सुधार गर्न उच्चस्तरीय भ्रमण निर्णायक हुन सक्ने उल्लेख गरे ।
यद्यपि भ्रमणको मिति अहिलेसम्म सार्वजनिक गरिएको छैन, राजनीतिक विश्लेषकहरूका अनुसार, यो भ्रमणले अमेरिका–चीन सम्बन्धमा नयाँ गति ल्याउने सम्भावना रहेको छ । विश्लेषकहरू भन्छन्, पछिल्ला वर्षहरूमा चिसिएको दुई देशको सम्बन्धलाई पुनः सुधार गर्ने दिशामा यो भ्रमण एक ‘महत्वपूर्ण कूटनीतिक पहल’ हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया