दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी 

लोकपथ
497
Shares

काठमाडौं । दक्षिण कोरियाको एक अदालतले आज बिहीबार पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  डिसेम्बर ३ मा सैन्य कानुन (मार्सल ल) लागु गर्ने प्रयास गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । 

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार, युन बुधबार सियोलको एक अदालतमा अभियोजकले अनुरोध गरेको पक्राउ पुर्जीको समीक्षाका निम्ति सात घण्टा लामो सुनुवाइमा उपस्थित भएका थिए । त्यसपछि अदालतको निर्णयको पर्खाइमा उनलाई हिरासत केन्द्रमा लगिएको थियो ।

दक्षिण कोरियाको संवैधानिक अदालतले गएको अप्रिलमा उनलाई सैन्य कानुन लागु गर्ने प्रयास र अधिकारको दुरुपयोग गरेको आरोपमा राष्ट्रपति पदबाट हटाएको थियो ।

युनलाई यसअघि जनवरीमा राष्ट्रपति रहँदा पक्राउ गरिएको थियो । मार्चमा उनको पक्राउ रद्द भएपछि रिहा गरिएको थियो ।

तर, उनले प्रमाण नष्ट गर्न सक्ने जोखिम भएको भन्दै सियोल केन्द्रीय जिल्ला अदालतले बिहीबार पक्राउ गर्नुपर्न आदेश दिएको हो । 

पूर्वराष्ट्रपति युनमाथि सत्ताको दुरुपयोग, आधिकारिक कागजात नक्कली बनाएको, दक्षिण कोरियामा सैन्य कानुन लागु गर्ने प्रयासलगायत आरोप लगाइएको छ । उनले यी आरोप अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?