गरिमा विकास बैंकद्वारा ६ स्थानमा बर–पिपल वृक्षारोपण

लोकपथ
147
Shares

पोखरा । गरिमा विकास बैंक लिमिटेडले देशका विभिन्न ६ स्थानमा धार्मिक तथा वातावरणीय महत्त्व बोकेका बर र पिपलका बिरुवाहरूको वृक्षारोपण गरेको छ।

कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौँ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छायाक्षेत्र शिवमन्दिर परिसर तथा दाङको मोतिपुर पुल क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, कर्मचारी, शेयरधनी र सर्वसाधारणको उल्लेखनीय सहभागीता रहेको थियो ।

बैंकले वातावरण संरक्षण, हरित विकास प्रवर्द्धन र धार्मिक सम्पदाको संरक्षणमा यस्ता कार्यक्रमले योगदान पुग्ने विश्वास लिएको छ । वृक्षारोपण गरिएको स्थानहरूलाई भविष्यमा बर–पिपल चौतारीको रूपमा विकास र संरक्षण गर्ने लक्ष्य बैंकले राखेको छ ।

गरिमा विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?