काठमाडौं । पेरुको उत्तरी बारांका प्रान्तमा रहेको पेनिको नामक ३,५०० वर्ष पुरानो प्राचीन शहरको अवशेष फेला पारेको छ । यो शहर पेनिको, अमेरिकी भू-भागमा हालसम्म चिनिएको सबैभन्दा पुरानो सभ्यता कारल नजिकै अवस्थित छ ।
आठ वर्ष लामो अनुसन्धानको क्रममा फेला परेको यस शहरलाई प्रारम्भिक प्रशान्त तटीय समुदायहरू र एन्डिज पर्वत तथा अमेजन बेसिनका मानिसहरूलाई जोड्ने प्रमुख व्यापारिक केन्द्रका रूपमा लिइएको छ ।
अनुसन्धानकर्ताका अनुसार लिमाबाट झन्डै २०० किलोमिटर उत्तरतर्फ र समुद्र सतहदेखि करिब ६०० मिटर उचाइमा अवस्थित यो स्थल इसापूर्व १,८०० देखि १,५०० बीचको अवधिमा स्थापना भएको अनुमान गरिएको छ ।
ड्रोनबाट लिइएको दृश्यमा शहरको केन्द्रमा रहेको पहाडी टेरेसमा गोलाकार संरचना देखिन्छ, जसलाई ढुङ्गा र माटोका भवनहरूले घेरेका छन् । यहाँबाट १८ वटा संरचना फेला पारिएको छ, जसमा औपचारिक मन्दिर, आवासीय परिसर, मूर्तिहरू, मोती, समुद्री शंखको हार लगायतका सामग्री भेटिएका छन् ।
अनुसन्धानकर्ताहरूको अनुसार,पेनिकोको खोजले लगभग ५,००० वर्ष पुरानो कारल सभ्यताको केन्द्र सुपे उपत्यकामा ३२ वटा स्मारक, पिरामिड, सिँचाइ प्रणाली र परिष्कृत शहरी बस्तीहरूका साथै पुरातन अमेरिकी जीवनशैलीबारे थप जानकारी पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया