काठमाडौं । इनफिनिक्स नेपालले स्मार्टफोन सिरिज स्मार्ट १० र स्मार्ट १० प्लस नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो सिरिज युवापुस्ताको प्राथमिकता, बजेटअनुकूल मूल्य, र दैनिक प्रयोगमा आवश्यक पर्ने फिचरहरूलाई ध्यानमा राख्दै ल्याइएको हो ।
स्मार्ट १० मा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको मोडेलको मूल्य ११,४९९ निर्धारण गरिएको छ । त्यस्तै, स्मार्ट १० प्लसमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको भर्सनको मूल्य १२,९९९ राखिएको छ ।
यस सिरिजको मुख्य आकर्षण भनेको ६.६७ इन्चको HD+ डिस्प्लेमा रहेको १२०Hz रिफ्रेश रेट हो, जुन मूल्यको हिसाबले नेपालमा पहिलो पटक देखिएको प्रविधि हो। स्क्रोल, गेम र भिडियो अनुभव अत्यन्त स्मूथ हुने कम्पनीको दाबी छ ।
स्मार्ट १० मा ५०००mAh ब्याट्री र १५W चार्जिङ सुविधा छ भने स्मार्ट १० प्लसमा अझ बढी ६०००mAh ब्याट्री र १८W चार्जिङ सपोर्ट उपलब्ध छ। साथै, RAM Expension प्रविधिबाट दुवै मोडेलमा RAM ८GB सम्म विस्तार गर्न मिल्ने छ ।
८MP AI क्यामेरा, ३००% अल्ट्रा भोल्युम डुअल स्पिकर, धुलो तथा पानीबाट सुरक्षा (IP64), Android™ 15 मा आधारित XOS 15.1 अपरेटिङ सिस्टम, र TÜV प्रमाणित ४८ महिनासम्मको स्मूथ प्रदर्शन यस फोनका थप विशेषता हुन् ।
इनफिनिक्सको यो नयाँ सिरिजले बजेट सेग्मेन्टमा प्रतिस्पर्धा अझ तीव्र बनाउने अपेक्षा गरिएको छ । विशेष गरी ठूलो स्क्रिन, उच्च रिफ्रेश रेट, र टिकाउ ब्याट्रीजस्ता फिचरका कारण यो सिरिज युवा प्रयोगकर्ताका लागि आकर्षक विकल्प बन्न सक्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया