ट्रम्प–पुटिन वार्ता : इरान र युक्रेन मुद्दामा प्रगति भएन

लोकपथ
1.1k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इरान र युक्रेन मुद्दामा भएको छलफलमा कुनै ठोस प्रगति नभएको बताएका छन् । टेलिफोनमार्फत भएको वार्तापछि ट्रम्पले यस्तो बताएका हुन् ।

उनका अनुसार पुटिनसँग लामो समयसम्म संवाद भएको र त्यस क्रममा इरान तथा युक्रेनमा जारी द्वन्द्वका विषयमा पनि चर्चा गरिएको थियो । यद्यपि द्वन्द्व समाधानतर्फ विशेष प्रगति भने नभएको उनले जनाए ।

रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार करिब एक घण्टा लामो वार्तामा पुटिनले युक्रेनसँगको द्वन्द्वमा मस्कोले आफ्ना लक्ष्यहरू प्राप्त गर्ने बताएका थिए । साथै, युक्रेनसँग तेस्रो चरणको वार्ताका लागि पनि रूस तयार रहेको उनले जनाए ।

वार्तामा दुबै राष्ट्रपतिको ऊर्जा, अन्तरिक्ष र आर्थिक परियोजनाहरूमा आपसी चासो रहेको उल्लेख गरिएको छ । रूस–अमेरिका सम्बन्धमा केही क्षेत्रीय सहकार्यको सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?