काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ सेवामा नयाँ आयाम थप्दै फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा महालक्ष्मी फोन पे क्रेडिट कार्ड प्रयोग गरी कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन्।
यस भर्चुअल क्रेडिट कार्डको विशेषता भनेको भौतिक कार्डको आवश्यकता नपर्ने हो, जसले गर्दा ग्राहकलाई कार्ड बोकेर हिड्नुपर्ने झन्झट हटाउँछ। साथै, ४५ दिनसम्मको ब्याज रहित अवधी र लचिलो किस्ताबन्दी सुविधा पनि उपलब्ध हुने छ।
साथै, बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० सम्मको क्यासब्याक अफर पनि दिएको छ, जसले ग्राहकलाई अझै थप फाइदा पुर्याउनेछ। महालक्ष्मी विकास बैंक यसरी डिजिटल नवप्रवर्धनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै पहिलो विकास बैंकको रूपमा यो नयाँ सेवा सुरू गरेको हो।
बैंकको अनुसार, यस नयाँ सुविधा प्रदान गरिँदै, ग्राहकहरूको डिजिटल बैंकिङ अनुभव अझ बढी ग्राहकमैत्री र प्रविधिकेन्द्रित हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया