काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको बाटोमा इरान नगए थप सैन्य आक्रमणको सामना गर्नपर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।
अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक सुविधाहरू फोर्डो, नातान्ज र एस्फहानमा ठूलो सटीक आक्रमण गरेको बताउँदै आफूहरुको उद्देश्य इरानको आणविक सवर्द्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर गरे । इरानले अब शान्तिको बाटोमा जानुपर्ने उनको भनाइ छ ।
इरानको राज्य प्रशारकका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले केही समयअघि यी तीन आणविक स्थलहरू खाली गरिसकेको बताएका छन् । जसकारण इरानले ठूलो क्षति व्यहोर्नु नपरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया