अमेरिकास्थित इजरायली दूतावासमा २ कर्मचारीको हत्या

लोकपथ
175
Shares

काठमाडौं । अमेरिकाको वाशिंगटन डीसीमा रहेको यहुदी संग्रहालय नजिकै राति दुई इजरायली दूतावासका कर्मचारीको मृत्यु भएको छ ।

उनीहरुको मृत्यु भएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बताएका छन् ।

वाशिंगटन डीसीमा रहेको यहुदी संग्रहालय नजिकै आज राति दुई इजरायली दूतावासका कर्मचारीहरूको हत्या गरिएको हो ।

मिडिया रिपोर्टहरूले दुई जनालाई गोली हानी मारिएको जनाएका छन् । नोएमले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

घाइतेहरूमध्ये एक जनालाई गम्भीर अवस्थामा नजिकैको अस्पतालमा लगिएको थियो र उनको मृत्यु भएको थियो । प्रहरीले हाल घटनाको सम्बन्धमा चासो राख्ने व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?