जनकपुरमा टाटाको नयाँ गाडी सार्वजनिक, मूल्य कति ?

लोकपथ
511
Shares

जनकपुर । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले जनकपुरधाममा तीन नयाँ गाडीहरू सार्वजनिक गरेको छ ।

सोमबार जनकपुरधामस्थित गिरिजा अटोमोवाइलमा नेपालमा हालै लन्च भएको बहुप्रतीक्षित गाडीहरू कर्भ इभि, नेक्सन के ३ र टाटा सफारी लन्च गरिएको हो । 

लन्च कार्यक्रममा सिप्रदी ट्रेडिंगको प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले जनकपुरधाममा टाटाका नयाँ गाडीहरू लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए । 

अब ग्राहकहरूले टाटाको इभिहरु २७ लाख देखि ५६ लाखसम्ममा रोज्न पाउने बताउँदै उनले इन्ट्री लेभल गाडी खोजिरहेका ग्राहकले टियागो इभि रोज्न सक्ने धारणा राखेका थिए ।

अनुकूल बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि रोज्न सक्ने तर अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के ३ इभि रोज्न सक्ने उनको भनाई थियो ।

प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरूका लागि आज लन्च भएको कर्भ इभि टप भेरिएन्ट उपयुक्त हुने साथै भारतमा टाटा कम्पनिले राखेको चार्जिङ्ग सुविधाहरूको फाइदा उठाउन सक्ने उनले जानकारी गराए । 

कार्यक्रममा गिरिजा अटोमोवाइलसका संचालक गुड्डु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको अभाव देखिएको समयमा कर्भ इभि र नेक्सन के ३ इभिले त्यो आवश्यकता पूर्ति गरेको प्रतिक्रिया दिएका थिए । 

कार्यक्रममा टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । टाटाका नयाँ गाडीहरूको रिजनल लन्च अब वीरगंजमा हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?