नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै ‘एमएडब्लू वृद्धि’

लोकपथ
350
Shares

चितवन । एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ साथै विश्वस्तरीय फोटोन शोरूमको शुभारम्भ गरेको छ।

यसलाई कम्पनीको विश्वस्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रुपमा हेरिएको जनाएको छ ।

यस कदमले यस क्षेत्रमा ‘गुणस्तरीय, कुशल र भरपर्दो गतिशीलता समाधान’ को बढ्दो मागलाई पूरा गर्ने विश्वास लिएको कम्पनीको दाबी रहेको छ ।

नयाँ शोरूम कुनै पनि व्यवसायका आवश्यकतालाई पूरा गर्न सक्ने फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रकहरूको विस्तृत दायराले सुसज्जित छ । नवप्रवर्तन र प्रदर्शनका लागि निर्मित यस शोरुमले नेपालको व्यावसायिक सवारी साधनको क्षेत्रमा उन्नत प्रविधि, स्थायित्व र यातायात अर्थतन्त्रलाई मद्दत गर्दछ ।

कम्पनीका अनुसार शोरूमको स्थापना रणनीतिक रुपमा चितवन र आसपासका क्षेत्रका ग्राहकहरूको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर गरिएको हो । यस सुविधाले ग्राहकको समग्र यात्रा अनुभवको लागि विशेष परामर्श, आफ्टर सेल्स सर्भिस र मर्मतसम्भारका सेवाहरू प्रदान गर्दै फोटोनका नविनतम सवारी साधनहरू समेत प्रदर्शनमा राख्ने बताइएको छ ।

नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकलले नेपालमा यातायातको क्षेत्रमा वास्तविक गेम चेन्जरको रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान औपचारिक रूपमा सुरु गरेको छ । आरामदायी हेडस्पेसको सुविधा दिने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छत सहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको छ । ५०.२३ किलोवाट प्रति घण्टाको ब्याट्रीले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ जसले यसलाई नेपालको कठिन भूभागको लागि उपयुक्त बनाउँछ ।

यस कार्यक्रममा सरोकारवाला, ग्राहक र प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो, जसले एमएडब्ल्यू वृद्धि कमर्सियलको उत्कृष्ट ग्राहक सन्तुष्टिप्रतिको गम्भीरता प्रकट गर्दछ । व्यवसायहरूको लागि राम्रो यातायात सिर्जना गरेर आर्थिक उन्नतिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रयास अनुरुप यस शोरुमको उद्घाटन गरिएको हो ।

यो विस्तार सँगै नेपालको व्यावसायिक सवारी साधन बजारमा एमएडब्ल्यू वृद्धि कमर्सियलले आफ्नो जरा अझै मजबुत बनाएको कम्पनीको दाबी छ ।

देशभर व्यवसाय र उद्योगहरू निर्माण र विकास गर्न गुणस्तरीय सवारी साधन र उत्कृष्ट सेवा प्रदान गरेर उनीहरूले यसलाई पुष्टि गरेका छन् ।

कम्पनी दिगो गतिशीलताप्रति सधैँ प्रतिबद्ध रहेको कम्पनीको प्रबन्ध निर्देशक (एमडी) विवेक सिकरियाले बताए ।

त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्राण्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले बताए ।

माउन्टेन ईभीको उद्घाटन र चितवनमा एमएडब्लू वृद्धिको नयाँ शोरूमको एकसाथ सुरुवात नेपालमा दिगो गतिशीलताको विस्तारतर्फको एक महत्त्वपूर्ण कदम हो । यो कोसेढुङ्गाले ब्रान्डको उपस्थिति बढाउँदै यस क्षेत्रका टाढाटाढाका ग्राहकहरूका लागि नवीन ईभी समाधानहरू प्राप्त गर्न सहज बनाउने छ । यसरी एमएडब्लू वृद्धिले नेपाललाई हरियाली अटोमोटिभ भविष्यतर्फ डोऱ्याउँदै छ ।

उत्कृष्ट गतिशीलता समाधानहरू विकास गर्न र उपलब्ध गराउन प्रतिबद्ध एमएडब्लू वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक सवारी साधन आपूर्तिकर्ता कम्पनी हो । फोटोन सवारी साधनहरूको अधिकृत वितरक समेत रहेको यस कम्पनी ग्राहक सन्तुष्टि पूरा गर्दै आफ्नो विश्वसनीयता र प्रदर्शनमा गर्व गरिरहेको कम्पनीले जनाएको छ ।

देशभरका शोरूम र सेवा केन्द्रहरूको बढ्दो सञ्जाल मार्फत् कम्पनीले व्यावसायिक उद्यमहरूलाई उच्च गुणस्तरका सवारी साधन र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?