सिटिजन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

लोकपथ
539
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन लाइफ एमडीआरटी २०२५’ कार्यक्रम चितवनमा सम्पन्न भएको छ । सन् २०२५ को एमडीआरटी तथा सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरिको सम्मानको लागि आयोजित उक्त कार्यक्रम चितवनको सिराइचुली होटेलमा सम्पन्न भएको हो ।

कम्पनीका देश भरी सञ्चालन रहेका शाखा कार्यालयबाट उत्कृष्ट व्यवसाय गरी एमडीआरटी बनेका अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा उच्च पदस्थ कर्मचारीहरूले प्रमाणपत्र तथा मायाको चिनो दिँदै सम्मान गरेको कम्पनीले जानकारी दिएको छ ।

एमडीआरटी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले अभिकर्ताहरिको मनोबल बढाउनुका साथै उनीहरूलाई देशका दुर–दराजमा रहेका आम नागरिकहरूको बीमा गरी उनीहरूको जोखिम रक्षावरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दीप बहादुर बि।सी, प्रमुख बजार अधिकृत भूषण रिमाल लगायत उच्च पदस्थ कर्मचारी तथा अभिकर्र्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?