इजरायली हवाई आक्रमणमा ४ प्यालेस्टिनीको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । प्यालेस्टिनी स्रोतहरूकाअनुसार उत्तरी पश्चिम किनारमा रहेको जेनिन शहरमा दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको छ ।

सञ्चार माध्यमकाअनुसार जेनिनको दक्षिणमा रहेको कबाटिया शहरको केन्द्रमा रहेको एउटा सवारी साधनलाई इजरायली ड्रोनले निशाना बनाएको थियो । 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार गाडीमा भएको हमलामा दुई प्यालेस्टिनी युवाहरू मारिएका छन् ।  प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले बमबारी पछि जेनिनको पूर्वी छिमेकबाट दुई पीडित र एक घाइतेको शव अस्पताल पुर्‍याएको छ । 

इजरायली हवाई आक्रमणले मोटरसाइकललाई पनि लक्षित गरेको थियो । जसको परिणामस्वरूप अन्य दुई युवाहरूको मृत्यु भयो । 

अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा तनाव बढ्दै गएको छ । जसको परिणामस्वरूप इजरायली गोलीबारी र हवाई हमलाका कारण ८ सय भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?