इजरायली हवाई आक्रमणबाट १० प्यालेस्टिनीको मृत्यु

लोकपथ
7
Shares

एजेन्सी । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले पश्चिम किनारको टुबासको दक्षिणपूर्वमा रहेको तम्मुन शहरमा इजरायली हवाई आक्रमणमा दस प्यालेस्टिनीको मृत्यु भएको बताएका छन् । 

धेरै घाइते भएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आक्रमणपछि दस जनाको शव र धेरै घाइतेहरूलाई टुबास सरकारी अस्पतालमा लगिएको बताएको छ । इजरायली सेनाले पश्चिम किनारमा सशस्त्र आतंककारी कार्यकर्ताहरूको एक सेललाई लक्षित गरेको बताएको छ । अक्टोबर ७, २०२३ देखि पश्चिम किनारमा तनाव बढेको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार त्यस बेलादेखि पश्चिम किनार र पूर्वी जेरुसेलममा ८ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?