ललितपुर । नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्म फोनेपेले व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन–रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ। यस सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्न सहज हुनेछ ।
योसँगै व्यापारीहरूले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु नपर्ने फोनपेले जनाएको छ ।
फोनेपेले व्यापारीहरूको नगद प्रवाहमा आफ्नो पूर्ण नियन्त्रण कायम गर्न सकुन् भन्ने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ । जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुने फोनपेको ठहर छ। व्यापारीहरूले आपूर्ति कर्ताहरूलाई भुक्तानी गर्न, कर्मचारीहरूको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन्। र, यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ।
तत्काल नगद निकासी
व्यापारीहरूले आफूले चाहेको समयमा आफ्नो फोनेपे बिजनेस एप प्रयोग गरी नगद तुरुन्त आफ्नो बैंक खातामा निकाल्न सक्नेछन्। यस सुविधाले नगदको प्रवाहलाई तत्काल र अनुकूलनीय बनाउँछ, जसले व्यापारीको दैनिक कार्यलाई सहज बनाउँछ।
स्वचालित निकासी
यदि व्यापारीले आफ्नो नगद अन–रिक्वेस्ट विदड्रअल नगरेको खण्डमा, रकम स्वचालित रूपमा निर्धारित समय अनुसार बैंक खातामा स्थानान्तरण हुनेछ। यसले व्यापारीलाई आफ्नो नगद प्रवाहमा निरन्तरता र पारदर्शिता सुनिश्चित गर्न मद्दत पुर्याउँछ।
शुल्क बिना नगद निकासी
व्यापारीहरूले अब कुनै अतिरिक्त शुल्क नलागी आफ्नो नगद तुरुन्तै निकाल्न सक्नेछन् । जसले व्यापारका खर्चहरू घटाउँछ र तिनीहरूको वित्तीय व्यवस्थापनलाई सजिलो र प्रभावकारी बनाउँछ।
फोनपेको निःशुल्क अन रिक्वेस्ट विदड्रअल सुविधाले व्यवसायीहरूलाई कुनै पनि समय नगद तुरुन्त आफ्नो बैंक खातामा निकासी गर्ने अवसर प्रदान गर्दछ। यसले व्यवसायीहरूको नगद प्रवाहमा अधिक लचिलोपन र नियन्त्रण ल्याउँछ, जसले गर्दा उनीहरू आफ्ना व्यापारिक निर्णयहरू छिटो र प्रभावकारी बनाउन सक्षम हुने फोनपेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया