‘एलिपे प्लस’ मार्फत अन्तरदेशीय भुक्तानी गर्न सानिमा बैंकले गर्यो एनसीएचएलसँग सम्झौता

लोकपथ
98
Shares

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र एलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका ष्लतभचयउभचबदभि त्तच् मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?