नेपालकै पहिलो प्रिमियम ७ सिटर ‘एमपीभी बीवाईडी एम६ को बुकिङ खुला, मूल्य कति ?

लोकपथ
175
Shares

काठमाडौं । बीवाईडी अटो कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्कले नेपालमा बहु प्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा गरेको छ ।

नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रूपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । यो गाडी कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको पनि कम्पनीले जनाएको छ ।   

बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ । अहिले गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि एक लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ । 

आकर्षक अफरका कारण सुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनीय मूल्यका साथ प्राप्त गर्न सक्ने कम्पनीले दाबी गरेको छ । 

कम्पनीले भनेको छ, ‘बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ ।’

बीवाईडी एम६ का मुख्य विशेषता 

अतुलनीय कम्फर्ट स्पेस – यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ । 

पावरफुल परफर्मेन्स – यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी)सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ । 

फास्ट चार्जिङ – बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७।४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यस कारण व्यस्त दैनिकी भएकाहरूका लागि यो परफेक्ट सवारी छ । 

एडभान्स सेफ्टी – एम६ मा भएका ६ एयर ब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ अशिष्ट र पार्किङ सेन्सर लगायतका एडभान्स सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ । 

टेक–फरवार्ड डिजाइन – यो गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ ।

हाल बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले डिसेम्बर २४ अर्थात् पुस ९ गतेसम्मका लागि  नगद १ लाख ५० हजार छुट पाउने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?