काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेशको सुर्खेत जुम्लारोडस्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.का तर्फबाट उप–निर्देशक दिपककुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा क्याभिन (डिलक्स)मा २५ प्रतिशत, क्याभिन (नर्मल) मा र होल बोडी चेकअपमा २० प्रतिशत, अप्रेशन चार्ज (ओ.टी) मा १५ प्रतिशत, सिटी स्क्यान, एक्स–रे, युएसजी (अल्ट्रा साउन्ड), इको, इन्डोसकपी, आईसीयू/एनआईसीयू, पोष्ट अप, डेन्टल एण्ड एमबुलेन्स सेवामा १० प्रतिशत र प्याथोलोजी तथा फार्मेसी (मेडिसिन) मा ५ प्रतिशतसम्म छुट प्राप्त हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया