सिजी नेट र स्काईकमबीच सहकार्य, ‘सिजी नेट’ जोडी योजना सुरु

लोकपथ
70
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनि सिजी नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षीत आईपीटिभी सेवा ‘सिजी नेट’ जोडी योजना सुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले (आज)आइतवारदेखि सिजी नेट मेगा जोडी र सिजी नेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजीनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् ।

आइपीटिभी अन्तर्गत २ सय ५७ च्यानल उपलब्ध हुने छन् । ती च्यानल मध्ये १ सय २५ वटा एचडी र १ सय ३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी इन्टरटेनमेन्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पोर्टस च्यानललगायतका च्यानलहरु हुनेछन् । यस्तै, यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सिजी नेटले आफ्ना ग्राहकहरुका लागि न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजी नेट जोडी सेवा शुरु गरेको हो ।

सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी) को प्रति महिना ८ सय १०, पपुलार जोडी (१ सय ५५ एमविपिएस प्लस आइपीटिभी) को १ हजार ५५ र रकस्टार जोडी (३ सय ५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १हजार ३ सय ७४ शुल्क लाग्नेछ ।

त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको २ हजार ६ सय ४०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको ३ हजार ७ सय ५० र रक स्टार जोडी ३ सय ५ एमवीपिएसको साथमा आइपी टिभीको ९ हजार ७ सय २० शुल्क लाग्ने छ ।

यस्तै, वार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको ९ हजार ७ सय २०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको १२ हजार ६ सय ६० र रक स्टार जोडी ३ सय ५ एमवीपिएसको साथमा आइपी टिभीको १६ हजार ४ सय ८८ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सकालागि ग्राहकले एक पटक २ हजार ६ सय शुल्क तिर्नुपर्ने सिजी नेटले जनाएको छ ।

सिजी डिजिटलले सिजी नेटसँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी ३५ हजार ९ सय ९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी २५ हजार ४ सय ९९ रुपैंयामा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यी जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजीनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्तगर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?