काठमाडौं । एनएमबी बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआइआई) बीच सम्झौता भएको छ । बैंकले बीआइआईबाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।
बैंक बिआइआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको जानकारी पनि बैंकले दिएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मद्धत पुग्ने विश्वास पनि बैंकले लिएको छ ।
यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्नेछ । सम्झौता हस्ताक्षर समारोहमा बैंकका कार्यकारी अधिकृत सुनील केसीले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रमा कार्यरत परियोजनाहरू लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया