वीरेन्द्रनगरकाे बर्गर हाउस र कुमारी बैंकबीच सहकार्य, बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

लोकपथ
104
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र सुर्खेतको वीरेन्द्रनगरस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच ग्राहकहरुलाई सेवामा कुमारी बैंकका डेबिट, क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकले सुर्खेतको वीरेन्द्रनगरस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्नलगायत शारीरिक स्फूर्ति एवम् मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको र सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट, क्रेडिटकार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले आफ्ना देशव्यापी १ सय ९७ शाखा सञ्जाल, १ सय ९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?