काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले एकआपसमा मर्जर प्रकृया सुरु गरेका छन् । दुबै कम्पनीले मर्जरसम्बन्धी निर्णय गर्नको लागि यही असार दुई गते छुट्टाछुट्टैरुपमा विशेष साधारणसभा बोलाएका छन् ।
हिमालयन जनरलले काठमाडौंको एयरर्पोट होटलमा विशेष साधारणसभा गर्न लागेको छ भने एभरेष्टले अग्रवाल भवन कमलोखरीमा विशेष साधारणसभा गर्न लागेको छ ।
दुवै कम्पनीहरुले छुट्टाछुट्टैरुपमा गर्ने विशेष साधारणसभाले मर्जरको लागि एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर हिमालयन जनरलको ८५ कित्ता अर्थात १ः०.८५ हुने गरी सेयर रेसियो कायम गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया