भायानेटको विश्व प्रसिद्ध ओटिटीको लागि एलोफ्ट होटेलमा १ जीबी स्पिड इभेन्ट

लोकपथ
0
Shares

काठमाडौं । भायनेट कम्युनिकेसन्सले हालै विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर महत्त्वपूर्ण बेन्चमार्क हासिल गरेको छ । यो नेपालको डेडिकेटेड इन्टरनेटको लागि पनि ठूलो खबर हो ।

काठमाडौंको एलोफ्ट होटेलमा विस्व प्रसिद्द ओटिटी फिल्म निर्माण टोलीको लागी भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेटले नेपाली ग्राहकसँगै अब विश्व स्तरिय ग्राहकको ध्यान समेत तानेको छ ।

बिगत लामो समयदेखि भायानेट एलोफ्ट काठमाडौंको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा दिँदै आएको छ । सुरुमा, भायनेट इन्टरप्राइज सपोर्ट, हस्पिटालिटी सेक्शन टोलीलाई एलोफ्ट काठमाडौंले आफ्नो ग्राहकको इन्टरनेट ब्यान्डविथ अपग्रेड गर्न सम्पर्क गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?