काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाको पर्सीवरेन्स मार्स रोभर बिहीवार मंगलमा जीवको खोजी गर्दै उत्रियो ।

यो नेपाली समयानुसार बिहीवार राती करिव दुई बजे मार्सको सबैभन्दा खतरनाक सतह जजीरो क्रेटरमा ल्याण्डिङ भयो । यो सतहमा कुनै बेला पानी मात्रै थियो ।

नासाले यो अहिलेसम्मकै इतिहासमा रोभरको मार्समा सबैभन्दा सटीक ल्याण्डिङ हो ।

६ पाङ्ग्रावाला रोबोट सात महिनामा ४७ करोड किलोमिटरको यात्रा पूरा गरेर आफ्नो लक्ष्य नजिक पुगेको हो ।

यसको अन्तिम सात मिनेट धेरै खतरनाक र मुस्किल रह्यो ।
![]()
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया