भोलीदेखि क्लिन फिड लागु, विदेशी च्यानल विज्ञापन रहित !

काठमाडौं । नेपालमा प्रसारण हुने विदेशी च्यानल ७ कात्तिकदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नपर्ने व्यवस्था लागु हुने भएको छ ।

ऐन कार्यान्वयन गर्न दिएको १ वर्षको समय ७ कात्तिकदेखि सकिँदैछ, अब विदेशी च्यानल अनिवार्य रुपमा विज्ञापन रहित(क्लिन फिड) हुनुपर्ने व्यवस्था गरिएको छ । ७ कात्तिकदेखि क्लिन फिड लागु नगरे कानुन बमोजिम कारबाही हुने भनी सञ्चार मन्त्रालयले यसअघि नै सम्पूर्ण व्यवसायीलाई जानकारी गराइसकेको छ ।

अब विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार नेपालमा नेपालमा विदेशी च्यानलसँग डाउनलिङ्ग गरी प्रसारण गर्न सम्झौता गरेका संस्थाहरूले विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।

सरकारले दिएको समय सीमा नजिकिँदै गर्दा इन्डियन ब्रोडकास्टर्स फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्यूज, नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाबाट विज्ञापनरहित प्रसारणको समय थप गर्न आग्रह गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?