वैज्ञानिकले बनाए जेनेटिकली मोडिफाइड गाई !

काठमाडौं । जनावरलाई जलवायु परिवर्तनबाट बचाउनको लागि वैज्ञानिकले जीन एडिटिङको तरिका रोजेका छन् । यसको प्रयोग गाईमा गरिएको छ ।

विशेष गरेर यसको शरीरमा कालो धर्सा देखिन्छ । तर वैज्ञानिकले जीन एडिटिङ टेक्निकबाट यसको रङ ग्रे बनाएका छन् ।

यसको प्रयोग गर्ने न्यूजिल्याण्डको रुआकुरा रिसर्च सेन्टरका वैज्ञानिकले जलवायु परिवर्तनको असर बडेपछि तापक्रम बढ्ने र यस्तोमा गाईको शरीरमा यो ग्रे रङले गर्मी कम र शोषित गर्ने साथै नोक्शान कम पुर्याउने बताएको छ ।

के शो जीन एडिटिङ ?

जीन एडिटिङको सहयोगले डीएनएमा परिवर्तन गरिन्छ । सरल भाषामा भन्दा भ्रुणमा जीनको डिफेक्टेड ।

नराम्रो वा गैरजरुरी भाग हटाइन्छ, किनभने आउँदो पिडीमा यसको नराम्रो प्रभाव नदेखियोस् । यो टेक्निकको मद्दतबाट आनुवांशिक रोगमा सुधारको आशा बढ्छ ।

कसरी तयार भयो जेनेटिकली मोडिफाइड गाई ?

वैज्ञानिकले ल्याबमा बाछाका २ भ्रुण तयार गरेका थिए । जीन एडिटिङको माध्यमबाट भ्रुणको जीनको कालो भाग हटाइएको थियो । र उक्त जीनलाई गाईमा ट्रान्सफर गरिएको थियो ।

गाईले दुई बाछालाई जन्म दियो । ४ महिना पछि दुई मध्ये एउटा मर्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?