सुजित शाक्य नबिल बैंक लिमिटेडको डेपुटी सीईओमा नियुक्त

काठमाडौं । सुजित शाक्य नबिल बैंक लिमिटेडको डेपुटी सीईओमा नियुक्त भएका छन् ।

यस अगाडि ग्लोबल आईएमई बैंकमा कार्यरत उनी तत्कालीन जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि त्यही कार्यरत रहेका थिए ।

नबिल बैंकका सीईओ अनिल केसरी शाहले लोकपथसँग कुरा गर्दै सुजित शाक्यलाई नयाँ डेपुटी सीईओमा नियुक्त गरेको जानकारी दिए ।

डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल केहि समय अगाडि अवकाश भएपछि उक्त पद खाली रहेकोमा शाक्य अहिले नियुक्ति भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?