सरकारले आगामी बजेटमा करका दर घटाएर नागरिकलाइ सिधै राहत प्रदान गर्नुपर्छ : विश्लेषक अनलराज भट्टराई

काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान परिस्थितिमा आगामी आर्थिक वर्षका बजेटमा औषधि उपचार, स्वास्थ्य पूर्वाधारमा बिशेष बजेट व्यवस्था गर्नुपर्ने र यसलाई पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा अगाडी बढाउनुपर्ने विश्लेषक अनलराज भट्टराईले बताएका छन् ।

भट्टराईले सोमबार लोकपथ विशेष आगामी बजेट, सरकारको चुनौति र दायित्व शृंखलामा बोल्दै आजको दिनमा सरकारले आफ्नो परम्परागत बजेट निर्माण शैलीमा नै परिवर्तन ल्याउनु पर्नेमा जोड दिएका छन् । हाल सरसर्ती हिसाब गर्दा पनि साठी दिमा करिब चार साढे चार अर्बको जीडीपीमा नोक्सान भैसकेको बताउँदै अधिकारीले अर्थमन्त्री डाक्टर युवराज खतिवडाले न्युनतम १० प्रतिशतको ‘स्टुमुलस’ अर्थात् प्रोत्साहन तथा राहत प्याकेज ल्याउनु पर्ने बताउँछन् ।

कोभिड १९ ले यो दुई महिनमा रोजगारी र कन्ज्युमर डिमाण्डलाई नराम्रोसँग प्रभावित गरिसकेको हुँदा सरकारको पहिलो प्राथमिकता नागरिकलाइ राहत दिने हुनु पर्ने विश्लेषक अनलराज भट्टराई जिकिर गर्दछन् । सरकारले सबैलाइ पैसा बाँड्न सक्दैन तर नागरिकले तिर्ने करलाइ घटाएर समेत सरकारले देश भित्र ‘कन्ज्युमर डिमाण्ड’ वृद्धि गर्न सक्ने बताउँदै भट्टराई आजको अवस्थामा सरकारले परीआए यसको लागि इन्कम ट्याक्स छुट देखि भ्याटलाइ समेत १३ प्रतिशत बाट घटाउने तर्फ अर्थमन्त्री डा युवराज खतिवडाले कदम चाल्नु पर्ने बताएका छन् । अतिआवश्यक खाद्य तथा जीवन निर्वाहका लागि चाहिले वस्तु तथा सेवामा भ्याट शुन्य गर्नुपरे पनि सरकार तयार हुनु पर्ने भट्टराईको तर्क छ । यसले सिधै नगत राहत वितरण गरे सरह काम गर्ने भट्टराई बताउँछन् ।

सरकारले बजेटमा निजी क्षेत्रलाइ प्रोत्साहन गर्ने गरि कार्यक्रम ल्याउनेमा आफू आशावादी भएको बताउँदै भट्टराईले सरकारको मुख्य चुनौती भनेको हाल भएको राजश्व र अन्य आयको नोक्सानलइ कसरी पूर्ति गर्ने भएको अनलराज भट्टराई को भनाइ छ । देशमा अझै ४० प्रतिशत भन्दा अधिक अनौपचारिक अर्थव्यवस्थाको हाली मुहाली रहेको हुँदा त्यसलाइ जीडीपीको दायरामा ल्याउने प्रयास हाल उपयुक्त हुने विश्लेषक भट्टराई बताउँछन् ।

यसले अर्थमन्त्री डा. युवराज खतिवडालाइ अब क्यास लेस अर्थतन्त्रको खाका तयार गर्न लग्नु पर्ने बताउँदै भट्टराई पहिलो चरणमा मर्चेन्ट टु मर्चेन्ट ट्रान्जेक्सनलाइ पहिलो चरणमा क्यास लेस बनाउँदै जानुपर्ने बताउँछन् विश्लेषक भट्टराई । वैदेशिक लगानी भित्र्याउन र देशमै कर्जाको पहुँच विस्तार गरिनु पर्नेमा अर्थमन्त्री डा युवराज खतिवडाले बिशेष जोड दिनुपर्ने विश्लेषक अनलराज भट्टराईको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?