काठमाडौं । राकुटेन भाइबर एपको विभिन्न फिचरहरुमा अब एक “सन्देशहरु बिलाउने” फिचर पनि थप हुने भएको छ ।
पहिले यस्तो फिचर गोप्य च्याटहरुमा मात्र उपलब्ध थियो र अब चाँडै नै प्रयोगकर्ताहरुले लेख्य, फोटो, भिडियो वा अन्य कुनै पनि किसिमका फाइलहरु पठाउन केही सेकेण्ड, मिनेट, घन्टा वा अझ दिनभरका लागि टाइमरको व्यवस्था गर्न समर्थ हुने भएको जनाइएको छ ।
प्रापकले पठाइएको सन्देश हेर्नासाथै उक्त सामग्री लोप गर्न एक स्वचालित गन्ती प्रक्रिया शुरु हुनेछ । कुनै पनि १*१ च्याटमा सन्देशहरु बिलाउने फिचरको प्रभावले भाइबरलाई विश्वको सबैभन्दा सुरक्षित मेसेजिङ्ग एपको रुपमा स्थापित गर्न अझ बल विश्वास कम्पनीले लिएको छ ।
यस प्रकारको “सन्देशहरु बिलाउने” फिचरको लागि प्रयोगकर्ताले यसो गर्नु जरुरी छ :
– च्याटको अन्तिममा भएको घडीको चिन्ह (आइकन) मा ट्याप गर्ने र सन्देश विलुप्त हुने समय छनौट गर्ने।
– टाइप गर्ने र प्रापकलाई सन्देश पठाउने ।
भाइबरले गोपनीयता प्रतिको आफ्नो प्रतिबद्धतालाई वर्षौंदेखि प्रमाणित गर्दै आइरहेको जनाएको छ । मेसेजिङ्ग एपको स्थानमा पहिलो हुने शृँखलाहरुलाई कायमै राख्दै भाइबरले सन् २०१५ मा सबै च्याटहरुका लागि डिलिट मेसेज (सन्देश मेट्ने) फिचर, सन् २०१६ मा डिफल्ट एण्ड टु एण्ड इन्क्रिप्सन र सन् २०१७ मा ‘हिडन र सेक्रेट’ च्याटहरु प्रस्तुत गरेको थियो । नियमित च्याटहरुमा सन्देशहरु बिलाउने फिचर थप गर्ने घोषणा पनि गोपनीयता प्रति भाइबरको प्रतिबद्धताको एक हिस्सा भएको जनाएको छ ।
“हामी सबै वान–टु–वान च्याटहरुमा सन्देशहरु बिलाउने फिचर प्रस्तुत गर्न सफल भएकोमा गर्व गर्दछौं । सन् २०१७ मा भाइबरद्वारा प्रस्तुत सेक्रेट च्याट अनुभवको एक हिस्सा थियो, र समयक्रममा हामी गोपनीयता सुनिश्चित् गर्ने समान उपायका साथै प्रापकले विलुप्त हुने सन्देशको स्क्रिनसट लिंदा समेत त्यसको अधिसूचना पठाउने, फिचर पनि नियमित च्याटहरुमा थप गरिनु पर्दछ भन्नेमा विश्वस्त भयौं । यो फिचर विश्वमा सुरक्षित मेसेजिङ्ग मञ्च बन्ने हाम्रो यात्रामा एक अर्को खुड्किला साबित भएको छ ।” भाइबरका सिओओ अफिर ऐयलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया