काठमाडौं । आजको समयमा सारा विश्व एप्पलका प्रोडक्टहरुमा लालयित छन् । हामी खानेवाला एप्पलको होइन, एप्पल कम्पनीको फोन, ल्यापटप, ट्याबको कुरा गर्दैछौँ ।
मानिसहरु एप्प्लको नयाँ प्रोडक्ट आउने बित्तिकै त्यो किनेर प्रयोग गरिहाल्ने गर्दछन् । यो कम्पनी सन् १९७६ मा स्टेभ जब्स र स्टेभ वोजनियाकले एकसाथ मिलेर बनाएका थिए ।
यी दुईले सबैभन्दा अगाडि फोन, ल्यापटप, ट्याब होइन कम्प्युटरको निर्माण गरेका थिए । र नाम राखेका थिए एप्पल-१ कम्प्युटर । यो पहिला रेयल फुली फंक्शनवाला कम्प्युटर थियो ।

यो कम्युटर जब बजारमा आयो तब छुट्टै इतिहास बनाएको थियो । अहिले उक्त कम्प्युटर बेचिन लागिएको छ । यहि हप्ता बोस्टनमा एप्पल-१ कम्प्युटर लिलामी हुने वाला छ ।
लिलामीको शुरुवाती मूल्य ४५८,७११ डलर राखिएको छ । नेपालीमा यो ५ करोड ४२ लाख रुपैयाँ पर्दछ । यो कम्प्युटर एप्पल कम्पनीको पहिलो उत्पादन थियो ।

यो कम्प्युटरको लिलामीका साथसाथै एप्पलले लाइफटाइम कलेक्शन प्रोडक्ट पनि लिलामीमा राखिँदै छ । स्टीभ जब्सले सिक्नेचर गरेको पावरबुक पनि लिलामीमा राखिँदै ।
त्यसको शुरुवाती मूल्य १२,६७१ डलर राखिएको छ । निअन एप्पल लोगो पनि पनि २ लाख २५ हजारमा लिामी हुँदैछ । एप्पल-१ सन् १९७६मा बनाइएको थियो । त्यो बेला यसको मूल्य ६६६.६६ डलर रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया