काठमाडौं । होलीलाई थप रोमाञ्चक, मनोरञ्जक र मनमोहक बनाउन म्यासेजिङ एप ‘भाइबर’ ले ‘भाइबर होली’ नामक च्याटबट ल्याएको छ । जसले शुभकामनालाई अझ विशेष बनाइदिनेछ । भाइबर होली बटसँग होली ग्रीटिङ कार्डहरु बनाउन सकिने तथा आफ्नो सम्पर्कमा भएका सबैजना माझ एकै साथ सेयर गर्न सकिने छ ।
च्याटबट प्रयोगकर्ताको रुची अनुसार कार्ड रचना गर्नका लागि विभिन्न विकल्पहरुसहित तयारी अवस्थामा रहन्छ र त्यहाँबाट तिनलाई एक सहायक मेनुमा निर्देशन गर्ने गर्दछ । सहायक मेनुहरुले प्रयोगकर्ताहरुलाई सन्देशसहित अथवा चाहेको तस्विर सहितको एक व्यक्तिगत कार्डसँग ग्रीटिङ कार्डको रचना गर्न पुननिर्देश गर्दछ । प्रयोगकर्ताहरुले आफ्नो रोजाइ अनुसारको टेम्प्लेट छनोट गरी होली कार्डहरु बनाएर पठाउन सक्नेछन् र साथै आफ्नै फोनको ग्यालरी मार्फत फोटो सहितको टेम्प्लेट बनाइ सेयर गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरु यदि विशेष प्रकारको इ– ग्रीटिङको खोजी गरिरहेका छन् भने भाइबर होली बट सब्स्क्राइव गरी र आफ्ना प्रियजनसँग आफ्नो भावना साट्न सकिनेछ ।
राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । यसको विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । आफ्ना प्रयोगकर्ताहरुलाइ आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । थप सोधपुछका लागि प्रयोगकर्ताहरुले [email protected] मार्फत थप जानकारी लिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया