राखेपद्वारा सबै खेल प्रतियोगिताहरु स्थगित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय खेलकदु परिषद् (राखेप)ले खेल प्रतियोगिताहरु रोक्ने तयारी गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले सभा, सभारोह तथा धेरै मानिसहरुको जमघट हुने कार्यक्रमहरु नगर्न आग्रह समेत गरेको छ । तर मोफसलमा नकआउट फुटबल प्रतियोगिता भइरहेका छन् भने अरु खेलका पनि ठूलो प्रतियोगिता हुँदैछ ।

यदि राखेपले खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएमा चैत १ गतेबाट हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट समेत प्रभावित हुनेछ ।

नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा खैल्ने तालिका छ । तर अष्ट्रेलियाले खेल सार्न एएफसीमा निवेदन दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?