कोरोनाका कारण थाइल्याण्डमा पनि एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थाइल्याण्डमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । चीनको वुहानबाट फैलिएको कोरोनाले अहिले सारा विश्वभरि नै महामारीको रुप लिइसकेको छ ।

थाइल्याण्ड स्वास्थ्य मन्त्रालयले आइतवार कोरोना भाइरसका कारण पहिलो पटक थाइल्याण्डमा मृत्यु भएको बताएको हो । मृतकलाई पहिला डेङ्गु फीवरको लक्षण भएको बताइएको थियो ।

पछि परिक्षणका क्रममा कोरोना संक्रमित पाइएको थियो । थाइल्याण्डका ३५ वर्षीय ति नागरिक सेल्सम्यानको काम गर्दथे । स्वास्थ्य विभागले आइतवार कोरोनाको कारण उनको मृत्यु भएको पुष्टि गरेको थियो ।

अहिलेसम्म थाइल्याण्डमा ४३ कोरोना संक्रमित फेला परेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?