पाकिस्तानमा सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार

काठमाडौं । सुनको मूल्य नेपालमा प्रतितोला ८० हजार छ । दिनप्रतिदिन सुनको मूल्य आकाशिरहेको छ । तर नेपालमा मात्र होइन अन्य देशहरुमा पनि सुनको मूल्यले आकाश छोएको छ ।

पाकिस्तानमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । पाकिस्तानमा सुन प्रतितोला १ लाख ५४ हजार रहेको छ ।

सिन्धेको सर्राफा संघका अनुसार स्थानीय बजारमा सुनको मूल्य ३२ सय प्रति ग्राम बढेर १ लाख ५४ हजार पुगेको छ ।

संघका अनुसार १० ग्राम सुनको मूल्य २७४४ ले बढेर १ लाख ३२ हजार ९९ रुपैयाँ प्रति दस ग्राम भएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?