काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले कुनै पनि पोष्टको लाइक एवं रियाक्सनको गणना नदेखाउने तयारी थालेको छ । अष्ट्रेलियाबाट यसको सूरुवात गर्ने तयारी गरिरहेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
हामीले फेसबुकमा कुनै सामाग्री पोष्ट गर्दा त्यसमा आएको लाइक एवं रियाक्सनको आधारमा त्यसको मुल्याङकन गर्ने गरेको पाइएकाले लाइक एवं रियाक्ट बटम हटाउन लागेको फेसबुकले जनाएको छ ।
अष्ट्रेलियन प्रसारण निगम (एबीसी) ले जनाए अनुसार फेसबुकले धेरै मानसिक संघ संस्था एवं फेसबुकले एनालाइस गरेको डाटा अनुसार मानिसहरुले फेसबुकका पोष्टको क्वालिटी भन्दा पनि लाइक एवं रिएक्सनलाई बढी मान्यता दिने गरेको पाइएपछि यस्तो गर्न थालिएको हो ।
फेसबुक अष्ट्रेलियाका नीति निर्देशक मिया गार्लिकले बताए अनुसार फेसबुकले दृश्यात्मक गणना हटाएर प्रयोगकर्ताले पोष्टको गुणस्तर र आवश्यक्तातिर ध्यान दिने बनाउन यस्तो बाटो अपनाउने तयारी थालेको हो । यसरी मान्छेहरुको सोचाइमा परिवर्तन गर्न सकिने समेत उहाँकाे धारणा रहेकाे छ । फेसबुकमा भएका भिडियो गणनामा समेत अवरोध पारिने समेत बताउनुभयाे।
आफ्नो प्रयोगकर्ता खातामा रहेका साथीहरु र अन्य पब्लिकले नदेखे पनि आफुले भने आफ्नो कुनै पनि पोष्टको लाइक एवं रिएक्सनको गणना हेर्न सकिनेछ । फेसबुकले यस्तै किसिमको परीक्षण इन्साटाग्राममा पनि प्रयोग गर्ने भएको छ ।
विश्वमा धेरै किसीमका सामाजिक सञ्जालहरु रहेका छन् । अरु सामाजिक भन्दा फेसबुकले मानिसहरुको भावनामा निकै फेर बदल ल्याएको देखिएको छ । सन २०१८ मा अमेरिकामा गरिएको एक अनुसन्धानले १७ देखि १९ वर्ष उमेरसमुहका किशोर किशोरीहरुमा आफ्नो पोष्टको लाइक कसरी बढाउने भन्ने सोचमात्रै बिकसित भएको पाइएको थियो ।
त्यस्तै अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयले फेसबुकले यसरी मानिसको भावनात्मक एवं मानसिक असरलाई न्यनिकरण गर्न ध्यान दिनुपर्ने भन्दै सुझाएको थियो ।
गत जुलाईबाट अष्ट्रेलिया, क्यानडा, ब्राजिल, न्यूजील्याण्ड, जापान, इटाली र आयरल्यान्डमा इन्सटाग्रामको लाइक गणनासमेत आफुले मात्रै देख्न सकिने घोषणा गरेको थियो । यसको कारण मानिसहरुले लाइक गणना भन्दा भिडियो र फोटोमा ध्यान दिउँन भनेर गरिएको बताइएको थियो ।
यसो गरिएका कारण एपको प्रयोगमा असर परेर केही आर्थिक कमी देखिएको जनाइएको छ । सोही कारण फेसबुक आफुलाई घाटा हुने अवस्था देखिएमा भने फेसबुकमा लाइक गणना नदेखिने नबनाउँन पनि सक्ने छ । फेसबुकले आधिकारीक रुपमा आफु लाइक गणना हटाउने नै घोषणा भने गरिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया