पीओएसमा भिजा कार्डले काम गर्न थाल्यो, कसरी लिने त भुक्तानी ?

काठमाडौं । अबबाट पीओएस मेसिनमा भिजा कार्डले पनि काम गर्ने भएको छ । भदौ ३० गतेबाट चिप बेस भिजा कार्ड पोओएस मेसिनमा सुचारु भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी ब्यवस्थापन विभागका प्रमुख बम बहादुर मिश्रले जानकारी दिनुभयो । पीओएस मेसिनमा भिजा कार्ड सुचारु भएपनि अन्तर बैंक एटिएम कारोबार भने संचालनमा आएको छैन् ।

ह्याकिङ प्रकरणपछि सुरक्षाको कारण देखाएर भिजाले जारि गरेका एटिएम कार्ड पीओएस मेसिनमा नचल्ने बनाइँएको थियो । नेप्सेले बैकल्पिक सिस्टम तयार पारेसंगै पिओएस मेसिनमा भने सोमबारबाट भिजा कार्ड चल्न सुरु गरेको हो।

तर अन्तर बैंक एटिएम कारोबारको लागि अझैं केहि दिन लाग्ने राष्ट्र बैंकले जनाएको छ। पिओएस मेसिनमा नेपाली कार्ड चल्न सुरु भएसंगै भारतमा रहेर नेपाली कार्ड प्रयोग गर्ने र नेपालमा पनि पीओएस मेसिन मार्फत भुक्तानी गर्नेलाई ठुलो रहत मिलेको छ ।

पीओएस मेसिनजडित व्यापारिक केन्द्रमा ग्राहकले डेबिट वा क्रेडिट कार्डको प्रयोग गरेर रकम भुक्तानी गर्न सकिने छ । यसबाट नगद बिना नै सामान तथा सेवा खरिद गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?