बिशाल ग्रुपले ल्यायो नयाँ पेन्टोनिक पेन, यस्ता छन् विशेषता

काठमाडौं । लिंक पेन एण्ड प्लाष्टिक लिमिटेडले उत्पादन गर्दै आएको भारतिय ब्राण्डको पेन्टोनिक पेन नेपाली बजारमा आएको छ । बिशाल ग्रुपले नेपाली बजारमा नयाँ जेनेरेशन पेन ‘पेन्टोनिक’ सार्वजनिक गरेको हो । किन्दा सस्तो र हेर्दा प्रोफेशनल देखिने यसको प्रतिगोटा मुल्य रु २० पर्दछ ।

कालो र निलो लेख्ने यो पेन समाउदा हलुका र लेख्दा मसि कतैपनि नरोकिने विशेषता रहेको छ । सस्तो, राम्रो लेख्ने र हेर्दा प्रोफेसनल भएकाले बिध्यार्थी र अफिसको लागि समेत उपयुक्त हुने कम्पनीको दाबी छ ।

“पेन्टोनिक हाइब्रिङ टेक्नोलोजिमा उत्पादन भएको पेन हो । यसको लेखाई सर्र हुने र मसि कतैपनि नअडकिने किसिमको हुन्छ । हामीले सबैका लागी सस्तोमा उपलब्ध गराएका छौ” । बिशाल ग्रुपका निर्देशक अर्पित अग्रवालले बताउनुभयो ।

यो भारतिय प्रख्यात ब्राण्ड हो । साथै भारत बाहेक विश्वका अन्य ५० मुलुकमा यसको उत्पादन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?