यस्तो महँगो फोन: जसको मुल्य सुन्दा तपाई आँखिभौ उचाल्नुहुन्छ !

एजेन्सी । २१औं शताब्दीमा मानिसहरु आफ्ना काममा व्यस्त हुने गरेका छन् । आफ्ना काम मानिसहरु मोवाइल फोन बाटै नै गर्ने गर्दछन । अहिलेको समयमा धेरै महँगा मोबाइल फोनहरु बजारमा आइरहेको बेलामा विश्वकै महँगो फोनाहरुको लिस्ट सार्बजनिक भएको छ ।

मानिसहरु धेरै महँगो मोबाइल आफ्नो सौखको लागि प्रयोग गर्ने गर्छन् । पछिल्लो समय मोबाइल व्यक्तित्वमा निखार ल्याने वस्तुको रुपमा पनि लिन थालिएको छ ।

यी हुन् विश्वका महँगा मोबाइल फोनहरुः

वेर्टू सिग्नेचर डायमन्ड: वेर्टू एक लग्जरी फोन कम्पनि रहेको छ। यस कम्पनि महँगो मोबाइलहरु बनाउने गर्छ । वेर्टूको यस फोन प्लेटिनमबाट बनेको छ। यस फोनको मुल्य अन्तराष्ट्रिय बजारमा ८८००० अमेरिकन डलर रहेको छ। यस कम्पनीमा हरेक फोनहरु हातलेनै बनाउने गरिन्छ।

आईफोन प्रिन्सेस प्लस: यस फोन एप्पल कम्पनिले दिजैना गरेको हो भने यस मोबाइल सुन र १८० हिरा जडित गरेर बनाइएको छ । यस फोनको मूल्य अन्तराष्ट्रिय बजारमा १७६,५०० अमेरिकन डलर पर्ने गर्छ ।

गोल्डविश ले मिलियन: यस फोन इम्मानुएल गुएतले डिजाइन गरेका हुन् । उनले डिजाइन गरेको यस मोबाइलको मूल्य अन्तराष्ट्रिय बजारमा १३ लाख अमेरिकन डलर पर्ने गर्छ । इम्मानुएलले यस फोन गिनीज वर्ल्ड बुकमा सामेल गराउन सफल भैसकेका छन् ।

सुप्रीम गोल्डस्त्रिकर आईफोन ३G: यस फोनमा २७१ ग्राम सुन प्रयोग भएको छ भने विभिन्न ५१ हिरा जडित समेत गरिएको छ । यसको होम बटनमा पनि हिरा प्रयोग गरिएको छ । यस मोबाइलको मूल्य अन्तराष्ट्रिय बजारमा ३२ लाख अमेरिकन डलर पर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?